ホーム > Sendai City Official Website > 仙台市の概要 > 仙台生活情報ページ(多言語版) > निवास दर्ता, बसाईसराई ―सेन्दाईको जीवनयापन बारेको जानकारी पेज (बहुभाषा संस्करण) ―(Part2)
ページID:70005
更新日:2024年7月25日
ここから本文です。
निवास दर्ता भनेको「नागरिक बसोबास गर्ने स्थान सँगको सम्बन्धलाई प्रमाणित गर्ने चिज」हो। नागरिकहरूले, आफ्नो ठेगाना, आदि प्रमाणित गर्न आवश्यक पर्ने भएको खण्डमा, निवास दर्ताको प्रतिलिपि लिनेछन।
नाम (अथवा उपनाम), लिङ्ग, जन्ममिति, ठेगाना, आदि अभिलेख राखिएको हुन्छ। यसबाहेक अन्य विशेष स्थायी बासिन्दा अथवा थोरैसमय वा लामोसमयदेखि बसोबास गरेका बासिन्दा आदिको वर्गीकरण, बसोबासको अवस्था र बसोबासको अवधि, विशेष स्थायी बासिन्दा परिचयपत्र (तोकुबेचु एजिउस्या), निवास कार्डको नम्बर आदि शिर्षकको बारेमा, आवश्यकता परेमा प्रमाणित गर्न सकिन्छ। सबै परिवारका सदस्यहरूको प्रमाण वा केही व्यक्तिहरूको मात्र प्रमाण लिन पनि सकिन्छ।
निबेदन गर्ने स्थान |
|
---|---|
प्राप्तगर्न सक्ने व्यक्ति |
व्यक्ति आफैं वा एउटै घरको सदस्य प्रतिनिधि (प्राप्त गर्न चाहने व्यक्तिको अनुमतिपत्रको आवश्यक पर्छ) प्राप्तगर्नको लागी वैधानिक अधिकार वा दायित्व भएका व्यक्ति (उल्लेख गरिएको कागजपत्र पेश गर्न आवश्यक हुन सक्छ।) |
आवश्यक चिज |
「「आवासीय कार्ड 」, 「बिशेष स्थायी बासिन्दा परिचयपत्र (तोकुबेचु एजिउस्या)」、「सवारी चालक अनुमतिपत्र」 आदि आफ्नो पहिचान खुलाउने कागजात। प्रतिनिधि व्यक्तिले आबेदन गर्ने भएमा, व्यक्तिको अनुमतिपत्रको आवश्यक पर्छ। |
लाग्ने शुल्क |
प्रति प्रतिलिपि ३०० येन |
पठाउने ठेगाना |
〒980-8675 Sendai City Mail Administration Center 3-7-1 Kokubuncho,Aoba-ku,Sendai Sendai City Hall
〒980-8675 仙台市青葉区国分町3丁目7番1号 仙台市役所 仙台市郵送事務センター |
|
---|---|---|
टेलीफोन |
|
|
प्राप्तगर्न सक्ने व्यक्ति
|
व्यक्ति आफैं वा एउटै घरको सदस्य प्रतिनिधि (प्राप्त गर्न चाहने व्यक्तिको अनुमतिपत्रको आवश्यक पर्छ) प्राप्तगर्नको लागी वैधानिक अधिकार वा दायित्व भएका व्यक्ति (उल्लेख गरिएको कागजपत्र पेश गर्न आवश्यक हुन सक्छ।) |
|
आवश्यक चिज
|
※निश्चित थोरै रकम हुलाक मनी अर्डर, सामान्य मनी अर्डर भने हुलाक कार्यालय वा जापान पोस्ट बैंकको बचत काउन्टरहरूमा गई किन्न सकिन्छ। परिवर्तन गर्न नपर्ने प्रमाणपत्रको लागी लाग्ने शुल्क फिर्ता नआउने गरि बराबर गर्नुहोस (प्राप्त गर्ने वा पठाउने बेलामा प्रतिलिपि संख्या नभएको खण्ड बाहेक)।टिकट टास्ने पट्टि लेख्न आवश्यक पर्दैन। जारी गरेको दिन बाट ६ महिनाको अवधि हुनेहुँदा, म्याद सकिने अवधिको भने ध्यान पुर्याउनुहोस।
※सैदान्तिक रुपमा, जवाफ पाउनको लागीको ठेगाना आवेदकको आफ्नो हाल बसोबास गरेको ठेगाना (बसोबास प्रमाणपत्र वा आफ्नो पहिचान प्रमाणित गर्ने कागजातमा लेखिएको हालको ठेगाना) हुनुपर्नेछ।
※सरकारी कार्यालय द्वारा जारी गरिएको फोटो सहितको आफ्नो पहिचान पुष्टी गर्ने कागजात(「आवासीय कार्ड」, 「बिशेष स्थायी बासिन्दा परिचयपत्र (बिशेष एजिउस्या)」, 「सवारी चालक अनुमतिपत्र」, 「माइ नम्बर कार्ड」) भएको खण्डमा कुनै एकको प्रतिलिपि, फोटो नभएको आफ्नो पहिचान पुष्टी गर्ने कागजात भएको खण्डमा (स्वास्थ्य बीमा कार्ड, नर्सिङ हेरचाह बीमा बिमाकार्ड आदि) दुईवटाको प्रतिलिपि, आवेदन फारमसँग पठाउनुहोस।
※प्रतिनिधि व्यक्तिले हस्ताक्षर अथवा छाप लगाइएको चिज आवश्यक पर्नेहुँदा, फोटोकपी गरिएको पन्ना स्वीकार्य हुनेछैन। |
|
लाग्ने शुल्क
|
प्रतिलिपि एक प्रति 300 येन |
|
प्रमाणपत्र जारी गर्न लाग्ने दिनको संख्या
|
आबेदन कागजपत्र प्राप्त भएपछि पठाउने दिनसम्म सामन्यता ७ दिन देखि १० दिनसम्म लाग्छ ※हुलाकको परिस्थिति र कार्यालय खुल्ने दिनहरू जस्ता कारणले, अझै बढि समय लाग्नपनि सक्छ, त्यसैले, प्राप्त गर्नको लागी पर्याप्त समय राख्नुहोस। (अक्टोबर 2021 देखि हुलाक कानूनको संशोधन को कारण, साधारण हुलाकबाट वितरण शनिबार बन्द गरिएको छ र वितरण गर्ने दिन पनि घाटाएको छ)। ※आवेदनमा लेखिएको कुरामा कुनै शंका भएको खण्डमा वा आवेदन कागजातहरु अपूर्ण भएको खण्डमा, आबेदकलाई फोन वा अन्य माध्यमबाट सम्पर्क गर्नेछौं। अपूर्ण तयारी बस्तु, नपुग कागजात पुनः माग्नु पर्नेहुँदा, धेरै दिन लाग्नसक्छ (यदि तपाईसँग सम्पर्क गर्न नसकेको खण्डमा, आवेदन फारम फिर्ता गर्नेछौं।) ※यदि हतारमा हुनुहुन्छ भने, फिर्ता पाउनको लागिको खाम समेत, एक्सप्रेस डेलिभरी शुल्क सहित हुलाक टिकट टासेर, एक्सप्रेस हुलाक मार्फत पठाउन सक्नुहुन्छ। त्यस अवस्थामा, एक्सप्रेस हुलाक मार्फत फिर्ता पाउन चाहन्छु भन्ने कुरा उल्लेख गर्नुहोस। |
ध्यान पुर्याउनुपर्ने कुरा
「निवास प्रमणपत्रको प्रतिलिपि」मा २०१२ जुलाई ९ तारिक भन्दा पहिलेको ठेगाना वा परिवार मामला आदिको प्रमाण
सूचीबद्ध गरिएको छैन।विदेशीनागरिक दर्ता मुख्य अभिलेखको जानकारी आवश्यक भएको खण्डमा, अध्यागमन बिभाग सामान्य मामिला विभागको सूचना प्रणाली व्यवस्थापन कार्यालय अध्यागमन सूचना प्रकटीकरण खण्डको कार्यकारीमा व्यक्तिगत जानकारी खुलाउनको लागि अनुरोध गर्न आवश्यक हुनेछ। बिस्तृत जानकारीको लागि, अध्यागमन बिभागको होमपेजमा
संस्कृति तथा पर्यटन ब्यूरो आदानप्रदान योजना विभाग
सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-७-१ नगरपालिकाको मुख्य भवनको ४ तल्ला
फोन नम्बर: ०२२-२१४-१२५२
फ्याक्स: ०२२-२११-१९१७
PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.