शिशु वा विदेशबाट जापानमा बस्न आएका मानिसहरूको लागि, माई नम्बर कार्ड शीघ्र जारी गर्ने सुविधा उपलब्ध छ।
माई नम्बर कार्ड पहिलोपटक बनाउन वा पुन: बनाउन चाहानुहुनेहरूका लागि, विशेष गरी शीघ्र जारी गर्न पर्ने भएको व्यक्तिहरुलाई सैदान्तिक रूपमा, लगभग एक हप्तामा पनि बनाउन सकिनेछ।
- लक्षित= शिशु वा विदेशबाट आउनुभएका मानिसहरु आदि, राष्ट्रले निर्धारण गरेको आवश्यक सर्त पूरा गरेका व्यक्तिहरु
- फारम भर्ने स्थान = आफु बसोबास गरेको वडा कार्यालयको परिवार निवास दर्ता बिभाग, मियागी सामान्य शाखा कर तथा निवासी दर्ता बिभाग, अकिउ सामान्य शाखा सामान्य मामिला विभाग आदि
- लक्षित बर्ग वा लिएर जानुपर्ने कुराहरु बिस्तृत जानकारीको बारेमा जान्नुपर्ने भएमा, सिटिको वेबसाइट हेर्नुहोस हामीलाई सम्पर्कगर्नुहोस।
सम्पर्क : वडा कार्यालयको परिवार निवास दर्ता बिभाग, मियागी सामान्य शाखा कर तथा निवासी दर्ता बिभाग, अकिउ सामान्य शाखा सामान्य मामिला विभाग आदि
सेन्दाई सिटि बहुसाँस्कृतिक समाज केन्द्र अर्को स्थानमा सर्नेछ।
सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र बिस्तृत रुपमा गरिने मर्मत कार्यको लागि, फेब्रुअरी १७ तारिक (सोम) देखि सेन्दाई बहुसाँस्कृतिक समाज केन्द्र अस्थायी रूपमा अन्य स्थानमा सारिने भएको छ।
- सरेर जाने स्थान=सेन्दाई पार्क बिल्डिंग (आओबा कु कोकुबुन्च्यो ३-६-१)
- फेब्रुअरी १० तारिक (सोम) देखि १६ तारिक (आईत) सम्ममा, समान सर्ने प्रक्रियाको लागि यो केन्द्र बन्द गरिनेछ। यदि यो बन्द अवधिमा तपाईंहरुलाई कुनैपनि परामर्श लिनुपर्ने भएको खण्डमा, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (टेलिफोन: ०२२-२६८-६२६०, इमेल:kokusaika@sentia-sendai.jp) मा सम्पर्क गर्नुहोस।
- आर्थिकबर्ष २०२८ मा नगरपालिकाको नयाँ मुख्य कार्यालय भवनमा फेरी सर्ने योजना छ
- बिस्तृत जानकारीको लागि वेबसाइट( External link ) मा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क: सेन्दाई बहुसाँस्कृतिक समाज केन्द्र ०२२-२६५-२४७१
अप्रिल महिना देखि बिसिजी खोप (क्षयरोग रोकथाम) व्यक्तिगतरुपमा पनि लगाउन सकिने
अप्रिल १ तारिक देखि बिसिजी खोप परम्परागत रुपमा वडा कार्यालय आदिमा सामूहिक रुपमा खोप लगाउने कार्य देखि लिएर चिकित्सा संस्थानहरूमा गई व्यक्तिगत रुपमा पनि खोप लगाउन सकिने छ।
- लक्षित = सिटि भित्र निवास दर्ता भएको हुनुपर्ने, क्षयरोग नलागेको भै एकबर्ष पुग्नुभन्दा अगाडीका शिशुहरू (मानक खोप लगाउने अवधि भने, जन्मिएको ५ देखि ७ महिना भित्रका)
- खोप लगाउनु पर्ने चाँही एक पटक हो, पैसा लाग्ने छैन
- खोप लगाउने स्थान= खोप लगाउनको लागि दर्ता भएका चिकित्सा संस्था (बुकिंग गर्नुपर्ने वा नपर्ने आदि कुराहरुको बारेमा चाँही सिधै दर्ता भएका चिकित्सा संस्थामा सोध्नु पर्ने)
- दर्ता भएका चिकित्सा संस्था आदि बिस्तृत जानकारीको लागि सिटिको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी सामान्य कल सेन्टर, रोग रोकथाम योजना बिभाग ०२२-२१४-८४५२
आर्थिक बर्ष २०२४ बाल भत्ता प्रणाली संशोधनको लागि आवेदन गर्नुभयो त?
२०२४ डिसेम्बर महिनाको भुक्तानी (अक्टोबर, नोभेम्बर महिनाको भाग) पनि बालभत्ता प्रणाली विस्तार गरिएको छ।
- तलको कुनैपनि एक अन्तर्गत पर्नुहुने व्यक्तिहरुले, २०२४ डिसेम्बर महिनाको भुक्तानी पछिबाट पनि बालभत्ता प्राप्त गर्न सक्ने अवस्था पनि हुनसक्छ
- आय प्रतिबन्धका कारण बाल भत्ता (विशेष सहायता अनुदान समेत) प्राप्त नगरेका परिवार
- उच्च माध्यामिक विद्यालय उमेरका (यस आर्थिक वर्षको अन्त्यसम्म १६ देखि १८ वर्षसम्मका) बालबालिका मात्र पालनपोषण गरिरहेका परिवार
- पहिलेदेखि नै सिटिबाट बाल भत्ता (विशेष सहायता अनुदान समेत) प्राप्त गरिरहेका परिवार भै, पालनपोषण अवस्थाको जानकारी सिटीमा नपठाएको उच्च माध्यामिक विद्यालय उमेरका बालबालिका भएका परिवार
- उच्च माध्यामिक विद्यालय उमेर सम्मका बालबालिका र विश्वविद्यालय उमेरका (यस आर्थिक वर्षको अन्त्यसम्म १९ देखि २२ बर्ष सम्म) का बालबालिका सबै गरि ३ वा सोभन्दा बढी बालबालिका पालनपोषण गरिरहेका परिवार
- भत्ता प्राप्त गर्नको लागि आवेदन दिन आवश्यक पर्छ। संशोधन विवरण वा लक्षितबर्ग आदि विवरण को लागी हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क: सेन्दाई सिटी बालभत्ता कल सेन्टर ०५७०-००८-३६३ (बिहान ८:३० देखि बेलुका ६:०० बजे)
प्रारम्भिक बालशिक्षा, नर्सरीमा नि: शुल्क बाल हेरचाहको लागिको आवेदन लिनेछौ
- लक्षित बर्ग = सेवासंस्था आदिमा प्रयोग सहयता प्रमाणीकरण (नयाँ २ र ३ अंकमा) सुबिधा लिईरहनु भएका व्यक्ति, नर्सरी तथा प्रमाणीत गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, इजाजत नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
- उपयोग गर्नको लागि लक्षित अवधि = २०२४ अक्टोबर १ तारिक देखि डिसेम्बर ३१ तारिक
- अबेदनको अवधि = जनवरी २० तारिक (सोम)
- बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटि नि:शुल्क प्रारम्भिक बालशिक्षा प्रवर्द्धन कार्यालय ०२२-२१४-८९७८
बिशेष स्वास्थ्य परीक्षण गर्नुभयो?
राष्ट्रिय स्वास्थ्य बीमाको बिशेष स्वास्थ्य परीक्षण गरिने अवधि जनवरी ३१ तारिक (शुक्र) सम्म हो। परीक्षण नगराउनु भएको व्यक्तिहरुले चाँडो परीक्षण गराउनु होला।
- लक्षित वर्ग = राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएका ४० वर्ष देखि ७४ वर्ष सम्म उमेर पुगेका व्यक्तिहरु (२०२५ मार्च ३१ गतेका दिन सम्ममा )।
- लक्षित बर्गमा पर्ने व्यक्तिहरूलाई स्वास्थ्य जाँच टिकट पठाईसकेको छ।
- दर्ता भएका चिकित्सा संस्थाहरुमा परीक्षण गराउनुहोला।
- परीक्षणको बेलामा राष्ट्रिय स्वास्थ्य बीमाको लागि आफ्नो काम गर्ने योग्यता गुमाएकाहरूले परीक्षण गराउन मिल्ने छैन।
- स्वास्थ्य परीक्षण टिकट आफ्नो साथमा नभएको व्यक्तिहरुले आफु बस्ने वार्डको वडाकार्यालय, सामान्य शाखा कार्यलयमा आफ्नो बीमा कार्ड लिएर गई, पुन: प्राप्त गर्नको प्रक्रिया पुरा गर्नु होला।
सम्पर्क: वडा कार्यालयको परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
राष्ट्रिय स्वास्थ्य बीमाको चिकित्सा खर्चको बारेमा जानकारी पठाउनेछौं
अस्पताल आदिमा स्वास्थ्य परीक्षण गराउदा लाग्ने खर्चको कुल रकम आदि उल्लेखित, राष्ट्रिय स्वास्थ्य बीमाको「चिकित्सा खर्चको जानकारी」, २०२४ जनवरी देखि अक्टुबर महिना सम्मको स्वास्थ्य परीक्षणको भाग जनवरी महिनामा र नोबेम्बर देखि डिसेम्बर सम्मको परीक्षणको भाग मार्च महिनामा पठाउनछौ।
- यस जानकारी चाँही कर फिर्ता आवेदनमा चिकित्सा खर्च कटौतीको लागि प्रयोग गर्न सकिन्छ।
- पुन:जारी गर्न नमिल्ने
सम्पर्क:वार्ड कार्यालय,मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग,अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग
२० वर्षको भए पछि राष्ट्रिय पेन्सन
२० वर्षको भएका व्यक्तिहरु, कर्मचारी पेन्सन योजनामा दर्ता भएकाहरु बाहेकका लागि जापान पेन्सन सेवा द्वारा, राष्ट्रिय पेन्सनमा दर्ता हुनु भएको कुराको जानकारी गराउदछौ। राष्ट्रिय पेन्सन बुढेसकाल लागे पछि मात्र नभई, रोग या चोटपटकका कारणले असाय भएको वा पेन्सनमा दर्ता सदस्यको मृत्यु भएको खण्डमा, मृतकको परिवारलाई पैसा दिईने हुनाले, भैपरीको लागि तयारी पनि हुनेछ। बीमा शुल्कको भुक्तानीमा समस्या आएको खण्डमा, बीमा शुल्क भुक्तानीको मिनाहाको लागि आवेदन दिनमिल्ने हुनाले परामर्श गर्नु होला । (आय आम्दानीको परीक्षण हुनेछ)
सम्पर्क: वार्ड कार्यलय, मियागी सामान्य शाखा बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य र कल्याण बिभाग
राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तान गरिएको रकमको बारे सूचित गर्नेछौं।
२०२४ आर्थिकबर्ष भित्रको स्वचालित रुपमा बैंक मार्फत ट्रान्सफर भएको राष्ट्रिय स्वास्थ्य बीमा रकम, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तानी गरिएको व्यक्तिहरुलाई भुक्तानी भएको रकमको सूचना पठाइनेछ, प्रत्येकलाई जनवरी अन्त्य सम्ममा पठाइनेछ। भुक्तानी गर्नुपर्ने बीमा रकम, आयकर र बसोबास करको लागि कर्मचारी बीमा रकमबाट कटौती गरिने हुँदा, कर समायोजन आदि (कर फिर्ता फाइल) को लागि प्रयोग गर्नुहोस।
यदि, आफ्नो स्वास्थ्य बीमा पेन्सनबाट कटौती गरि बीमा प्रिमियम तिर्नु हुने व्यक्तिहरुले भने, बीमाकर्तालाई पठाएको कर भुक्तानी गरिएको जानकारी कार्डमा हेरि पुष्टी गर्नुहोस।
सम्पर्क: [राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा] वडा कार्यालय, मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, अकिऊ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग
[नर्सिङ नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम] वडा कार्यालय नर्सिङ हेरचाह बीमा बिभाग, मियागी सामान्य शाखा अपांगतातथा वृद्ध वृद्धा बिभाग, अकिऊ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग
भारी हिमपातको लागि राम्रोसँग तयारी र सावधानीका उपाय
हिउँ पर्ने मौसम आउँदै गरेको हुनाले भारी हिमपातका लागि तयारी र निम्न बुँदाहरूमा साबधानी र सहयोगको आग्रह गर्दछौ।
- टिभी, रेडियो आदि मार्फत मौसमको जानकारी लिने गरौ।
- भारी हिमपातका बेला बाटो चिप्लो हुनेहुनाले चोटपटक वा दुर्घटना देखि सावधानी अपनाउदै, अति आवश्यक समय बाहेक बाहिर ननिस्किनु होला।
- आगो निभाउने कार्यमा अवरोध हुन सक्ने हुनाले आफ्नो घर नजिकैको फायर आगो निभाउन पर्ने स्थान वरिपरिको हिउँ हटाउन सहयोग गर्नुहोला।
- सडक अवरोध वा दुर्घटना निम्त्याउने कारण हुनसक्ने हुनाले सडकमा हिउँ नफालिदिनु होला।
- हिउँ हटाउने कार्यमा अवरोध हुनेहुनाले सडकमा पार्किंग नगरिदिनु होला।
- हिउँ हटाउने गाडीले हिउँलाई सडकको छेउमा थुप्रो लगाईदिने हुँदा, तपाईं हिड्ने बाटो वा गेटको अगाडि हिउँ थुप्रिने हुँदा, कृपया यसलाई बुझीदिनुहोला र सहयोग गरिदिनुहोला।
- जेष्ठ नागरिकहरु आदि हिउँ हटाउन समस्यामा हुनुहुन्छ भने, स्थानीय समुदायमा एक अर्कालाई मद्दत गर्न अनुरोध गर्दछौं।
- नगरपालिका मातहतको सडकहरुमा हिउँ जम्ने, हिमपातको समयमा हिडडुल गर्नको लागी चिप्लन रोक्नेलाई हिउँ पगाल्ने स्प्रे वा सडकमा छर्किने प्रदार्थ वितरण गर्दैछौं।
सम्पर्क :
1,2.संकट व्यवस्थापन बिभाग ०२२-२१४-३०४९
3.दमकल बिभागको सुरक्षा शाखा ०२२-२३४-११११
4~7.सडक मर्मत तथा सम्भार बिभाग ०२२-२१४-८३८१
8.वार्ड कार्यालय, मियागी सामान्य शाखा सडक बिभाग, अकिउ सामान्य शाखा निर्माण बिभाग
करको सूचना
नगर तथा प्रान्तीय कर तिर्ने अन्तिम म्याद जनवरी ३१ तारिक (शुक्र) हो।
नगर तथा प्रान्तीय करको चौथो किस्ता, जनवरी ३१ तारिक (शुक्र) सम्ममा नजिकैको वित्तीय संस्था मार्फत तिर्नु होला। बैंक ट्रान्सफर माध्यमबाट भुक्तानी गर्नुहुने व्यक्तिहरुको पनि जनवरी ३१ तारिक (शुक्र) बैंक खाताबाट कटौती हुनेछ।
सम्पर्क:कर संकलन व्यवस्थापन विभाग ०२२-२१४-१०१०
सेन्दाई मा स्वागत छ नागरिक (सार्वजनिक) पुस्तकालय भ्रमण
नागरिक (सार्वजनिक) पुस्तकालयमा त्यहाँका कर्मचारीले तपाईंलाई「सजिलो जापानी भाषा (विदेशी नागरिकहरूले पनि बुझ्न सक्ने जापानी भाषा)」मा मार्गनिर्देशन गर्नेछन।
- मिति र समय: जनवरी २६ तारिक (आईत) बिहान ११:०० बजे देखि १२ बजे
- स्थान = नागरिक (सार्वजनिक) पुस्तकालय
- लक्षित बर्ग : सिटिभित्र बसोबास गर्ने विदेशी नागरिकहरु लगभग १० जना जति [पहिले आइपुग्नेलाई प्राथमिकता]
- आवेदनको लागि भने, जनवरी ६ तारिक बिहान १० बजेदेखि इ-मेल मार्फत कार्यक्रमको नाम, सहभागीहरू सबैको नाम (फुरिगाना), फोन नम्बर लेखि पठाउने
सम्पर्क : नागरिक (सार्वजनिक) पुस्तकालय (हुलाक नम्बर ९८०-०८२१ आओबा-कु खासुगामाची २-१ टेलिफोन ०२२-२६१-१५८५ इमेल tosyokan@smt.city.sendai.jp)
नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) जनवरी १६ तारिक (बिहि) सम्म आवेदन बुझिने
- 「आवास आवेदन खुल्लाको जानकारी」=जनवरी ६ तारिक (सोम) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्लाको सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक निगम बिभाग, नगरपालिकाको मुख्य सरकारी भवनको दास्रो तल्ला नगरपालिका सूचना केन्द्र, वडा कार्यालयको सामान्य जानकारी,सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्रको (आएरु ५ तल्ला), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्ड कार्यालयको केन्द्रीय नागरिक केन्द्र,आजीवन सिकाई विभाग आदिमा वितरण गरिन्छ।
- आवेदनको प्रक्रिया : उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि,「आवास आवेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारम भरि यसलाई खाममा राखी जनवरी १६ तारिक सम्ममा पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
- घर सर्न मिल्ने दिन = मार्च २८ तारिक (शुक्रबार) (योजना)
- आवेदन दिन मिल्ने व्यक्ति=तलका निम्न मापदण्डहरु पूरा गर्नेहरू
- हाल आवासको समस्या भएकाहरु
- आवेदक आफैले २० वर्ष मुनिको बच्चाको हेरविचार गर्नु हुने एकल-अभिभावकको परिवार, वा विद्यालय जान सुरु गर्नु नभएको बच्चा भएको परिवार, अथवा १८ वर्ष मुनिका ३ वा सोभन्दा बढी बच्चाहरू भएको परिवार
- यस सिटीमा बसोबास वा काम भएकाहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आयआर्जन भएको मापदण्ड पनि हुने। विस्तृत जानकारीको लागि「आवास आवेदन खुल्लाको जानकारी」हेर्नु होला।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरु आदिले भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक निगम बिभाग ०२२ --२१४ ३६०४