ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)मे अंक
Page ID: 86633
Updated: May 12, 2026
ここから本文です。
भुकम्प, सुनामी वा सशस्त्र आक्रमण आदि भएको खण्डमा पूर्वतयारीको लागि, राष्ट्रभरि तुरुन्तै चेतावनी जारी गर्ने प्रणाली (जे-अलर्ट) प्रयोग गरी, यहि जुन ३ तारिक (बुध) बिहान ११ बजे एकैसाथ राष्ट्रभरि सूचना प्रसारण परीक्षण कार्य गरिनेछ।
त्यसदिन, नगरको वेबसाइट, नगरको आधिकारिक LINE अकाउन्ट, नगरको संकट व्यवस्थापन बिभाग X (पुरानो ट्विटर) बाट परीक्षण सूचना प्रसारण गर्नुको अतिरिक्त, शहरको पूर्वी भागमा जडान गरिएको माईक द्वारा परीक्षणको अडियो पनि प्रसारण गरिनेछ। कृपया ध्यान दिनुहोस।
सम्पर्क:संकट व्यवस्थापन बिभाग ०२२-२१४-८५१९
जापान वितिय निगम सार्वजनिक कोष सर्वसाधारणको लागि शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) को उपयोग गरेको व्यक्तिले चलाएको ऋणको ब्याज मध्ये, उच्च माध्यमिक बिधालय आदि पढाई अवधिमा भुक्तान गरिएको ब्याजको अनुदान दिनेछौं।
सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१
सम्पर्क: बालबालिका अनुदान सहयोग बिभाग ०२२-२१४-२१३३
२०२६ जनवरी १ तारिक तपाईंको हाल बसोबास भएको स्थानको वडाकार्यालय द्वारा जारी गरिनेछ। अर्थिक वर्ष २०२६ को लागि जारी गरिने मिति तलका निम्नानुसार छन।
सम्पर्क : कर विभाग ०२२-२१४-८६२२, वाडा कार्यालय कर तथा लेखा विभाग, मियागी सामान्य शाखा कार्यालय कर तथा निवास बिभाग, आकियु सामान्य शाखा कार्यालय सामान्य मामिला विभाग
आर्थिकबर्ष २०२५ को नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन? यदि भुक्तानी गर्न गाह्रो छ भने, कृपया सकेसम्म चाँडो सम्पर्क स्थानमा परामर्श गर्नुहोस।
किता कर सङ्कलन बिभाग [आओबा वार्ड] ०२२-२१४-८१५२, [इजुमी वार्ड] ०२२-२१४-५०२७, मिनामी कर सङ्कलन बिभाग [मियागिनो वार्ड, वाकाबायाशी वार्ड] ०२२-२१४-८१५३, [ताइहाकु वार्ड] ०२२-२१४-८१५४
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर् भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं) पहिले आइपुग्ने व्यक्तिलाई प्राथमिकताको आधारमा, प्रत्येकको लागि परिक्षण क्षमता ३० जनासम्म
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९
परिवार सदश्यको आम्दानी मापदण्ड भन्दा कम भएको खण्डमा, तपाईको राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम घटाउन सकिने प्रबधान छ।
यदि तपाईंले २०२५ सालको आफ्नो आयआम्दानी निर्क्यौल गर्न सक्नु भएको छैन र, बिमा रकम घट्न सक्ने सम्भावित परिवारमा पर्नु भएको छ भने, मे महिनाको मध्यभित्र「राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी सम्बन्धी समायोजन फारम」पठाउने भएको हुँदा, मे २७ तारिक (बुध) सम्ममा फारम भरि बुझाउन नबिर्सनुहोला। तपाईंले शहरको वेबसाइट मार्फत अनलाइन बाट पनि फारम भरि पेश गर्न सक्नुहुन्छ।
सम्पर्क:वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
२० बर्ष देखि ५९ वर्ष सम्मको व्यक्तिहरुले, अवकाश पाएपछि कर्मचारी बिमा अन्तर्गत सामाजिक कल्याण बिमा छाड्नुपर्ने हुन्छ र राष्ट्रिय पेन्सन प्रणालीमा नाम दर्ता गर्नको लागि प्रक्रिया पूरा गर्न आवश्यक पर्छ। आफुमा आश्रित जीवनसाथी वा परिवारको पनि प्रक्रिया पूरा गर्न आवश्यक पर्छ। साथै, कर्मचारी पेन्सनमा दर्ता भएका ६० देखि ६५ बर्षको कर्मचारीको ६० वर्षभन्दा मुनिको श्रीमती वा आश्रित परिवार, आफ्नो पति/पत्नीले अवकाश पाएपछि राष्ट्रिय पेन्सनको लागि आवेदन दिन आवश्यक पर्नेछ। तपाईंले माई नम्बर पोर्टल मार्फत अनलाइन फारमको प्रक्रिया पनि पूरा गर्न सक्नुहुन्छ। बिस्तृत जानकारीको लागि, शहरको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क:वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक आवास आबेदन बिभाग ०२२-३९९-७४१३
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.