Page ID: 88082

Updated: August 13, 2026

ここから本文です。

2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अगस्ट अंक

कर सम्बन्धि जानकारी

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद अगष्ट ३१ तारिक (सोम) हो

आर्थिकबर्ष २०२६ को नगर तथा प्रान्तीय कर (निवास कर) को दोस्रो किस्ता यही अगष्ट महिनाको ३१ तारिक (सोम) सम्ममा स्थानीय वित्तीय संस्था मार्फत भुक्तानी गर्नुहोस। साथै, बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरुको पनि अगष्ट महिनाको ३१ तारिक (सोम) बैंकबाट रकम काटिनेछ।
सम्पर्क : बिमा रकम भुक्तानी संकलन बिभाग ०२२-२१४-१०१०

जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ

भूकम्प, सुनामी र सशस्त्र आक्रमण र अन्य आपतकालीन अवस्थाको पूर्व तयारीको लागि यहि, अगष्ट २६ तारिक (बुध) बिहान ११ बजे (जे-अलर्ट) प्रणाली प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य सञ्चालन गरिनेछ। 
परीक्षणको दिन, नगरको होमपेज, नगरको सोसियल मिडिया (लाइन) आधिकारिक वेबसाइट, संकट व्यवस्थापन बिभागको X (पुरानो ट्विटर) द्वारा पनि प्रकाशित गराउनुका साथै, नगरको पूर्वी भागमा जडान गरिएको लाउडस्पीकर द्वारा पनि, अडियो परीक्षणको प्रसारण कार्य गरिनेछ। कृपया ध्यान दिनुहोला। 
साथै, यो परीक्षण, प्राकृतिक विपत्ति जस्ता परिस्थितिका कारण रद्द वा स्थगित हुन पनि सक्छ।
सम्पर्क : संकट व्यवस्थापन बिभाग ०२२-२१४-८५१९

सेन्दाई शहर मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन कक्षा शैक्षिक सत्र २०२६ मा एक र दुई कक्षा (७,८ कक्षा) (अक्टोबर भर्ना) को लागि विद्यार्थी भर्ना आवाहन

  • आवश्यक योग्यता= यी निम्न मध्ये कुनै पनि एक मापदण्ड पूरा गरेका र मियागी प्रान्तमा बसोबास गर्ने व्यक्तिहरु
  1. अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर नागेका व्यक्तिहरू
  2. विभिन्न कारणले गर्दा बिधालयमा अनुपस्थिति भै, पर्याप्त शिक्षा प्राप्त नगरी निम्नमाध्यमिक बिधालयबाट ग्राजुएसन गरेका व्यक्तिहरू
  3. आफ्नो देश वा जापानबाट अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर नागेका विदेशी नागरिकहरू।

आवेदन: नगरपालिकाको वेबसाइटबाट नयाँ भर्ना आवेदन फारम डाउनलोड गरि, सेप्टेम्बर १७ तारिक भित्र पठाउने (यो मिति भित्र पुग्ने गरि)।
नयाँ भर्ना बारे व्याख्या कार्यक्रम

  • मिति समय=सेप्टेम्बर १ तारिक (मंगल) बेलिका ५:४५ बजेदेखि साँझ ७:०० बजे
  • स्थान= सेन्दाई शहर मातहत मिनामी कोइजुमी निम्नमाध्यामिक बिधालय
  • लक्षित= आर्थिक बर्ष २०२६ अक्टोबर महिनामा नयाँभर्ना हुन चाहनेहरू र उनीहरू सँग सम्बन्धित व्यक्तिहरु
  • आवेदन=अगष्ट २६ तारिक सम्ममा टेलिफोन मार्फत आबेदन गर्न सकिन्छ। अथवा वेबसाइट मार्फत पनि आवेदन दिन सकिन्छ।

यी कुनैपनि माध्यमबाट आवेदन गर्न वा सोधपुछ गर्नको लागि शिक्षा मार्गदर्शन विभाग ०२२-२१४-८८७५ मा फोन गर्नु सक्नुहुन्छ।

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (अगष्ट महिना १९ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा) 
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (अगष्ट महिना २७ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न वा रुचि भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)

  • स्थान : आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन =अगष्ट महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट निबेदन दिन सक्नुहुन्छ। (1) नम्बरको लागि भने फोन वा इमेलबाट (निबेदन फारम भर्दा, आवश्यक जानकारी र परामर्श गर्न चाहेको विवरणहरू भर्नुहोस) पनि निबेदन गर्न सक्नुहुन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४, इमेल: assista@siip.city.sendai.jp

बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला

एकल अभिभावक भएका परिवारमा १८ बर्ष नलागेका बालबालिका हुर्काई रहेका व्यक्तिहरुलाई सहयोग गर्नको लागि प्रदान गरिदै आएको बाल-पालन पोषण भत्ता र, २० बर्ष नलागेका अपाङ्गता भएका बालबालिकाहरू हुर्काई रहनुभएका व्यक्तिहरुलाई सहयोग गर्नको लागि प्रदान गरिदै आएको विशेष बाल-पालनपोषण भत्ता प्राप्त गर्नको लागि योग्य छछैन भनि पुष्टि गर्नको लागि, लक्षित बर्गका व्यक्तिलाई पेश गर्नुपर्ने सूचना फारम पठाउनेछौं, त्यसैले कृपया फारम भरि अवश्य पेश गर्नुहोला।

  • पेश गर्नुपर्ने अवधि=【बाल-पालनपोषण भत्ता】अगष्ट ३ तारिक (सोम)देखि ३१ तारिक(सोम)【विशेष बाल-पालनपोषण भत्ता】अगष्ट १२ तारिक (बुध)देखि सेप्टेम्बर ११ तारिक(शुक्र)(दुबै, कार्यालय बन्दहुने दिन बाहेक)

सम्पर्क:वाडा कार्यालय बाल हेरचार सहयोग बिभाग, सामान्य शखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

समुद्री खानेकुराको कारणले पेटमा हुने सङ्क्रमण (इन्टराइटिस विब्रियो) खाद्य विषाक्तताबाट सचेत रहनुहोस

गर्मी याममा, खानामा विषाक्त ब्याक्टेरिया सजिलो र छिटो फैलन सक्ने हुँदा, खाना बिग्रिने र विषाक्तयुक्त हुने सम्भावना बढी हुन्छ। विशेष गरी बिभिन्न प्रकारका समुद्री खानेकुराको प्रयोग गर्दा बिशेष ध्यान पुर्याउनुहोला।

  • फ्रिजमा फ्रोजन गर्ने 
  • धाराको पानीले राम्रोसँग पखाल्ने 
  • खाना बनाएर तुरुन्तै खाने बासी नराख्ने

सम्पर्क : वडा कार्यालय सरसफाई विभाग

एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि सम्बन्धित फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। शहरको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रातिको समयमा गरिने परिक्षण… अगष्ट २८ तारिक (शुक्र) सेप्टेम्बर ११ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / आएर बिल्डिङको छैटौं तल्ला
  2. बिदाको दिन गरिने परिक्षण… सेप्टेम्बर ५ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श केन्द कोसेइकान (आओबा कु मियामाची १-१-५)

परीक्षण क्षमता भने लगभग ३० जाना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी गराउनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने अवस्था भएमा भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)

सम्पर्क संक्रामक रोग नियन्त्रण : बिभाग ०२२-२१४-८०२९

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917