सुनामीबाट सुरक्षित रहौं: यसको लागि एकपटक समीक्षा गरौ0
- 「तुरुन्तै त्यो ठाउँबाट सुरक्षित स्थानमा जाउँ」शीर्ष प्राथमिकता
आउदै गरेको सुनामीबाट आफ्नो ज्यान जोगाउनको लागि गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, समुन्द्री तटबाट सकेसम्म चाँडो, सकेसम्म टाढा भागेर चारैतिर जमीनको भूभाग भएको क्षेत्रमा जानु「तुरुन्तै त्यो ठाउँबाट सुरक्षित स्थानमा जानु」हो। यदि तपाईंले भूकम्पको ठूलो कम्पन महसुस गर्नुभयो वा सुनामीको चेतावनी जारी गरिएको जानकारी प्राप्त गर्नुभयो भने पहिले, तुरुन्तै त्यो ठाउँ छोडी जमिन भएको क्षेत्रतिर भाग्ने काम गर्नुहोस।
परिस्थिति अनुसार पहाड भएको क्षेत्र तिर भाग्न सम्भब छैन, गाह्रो छ भने, नजिकैको सुनामी आउँदा बस्नको लागि बनाएको आश्रयस्थल, सुरक्षित ठाउँ (सुनामी आउँदा आश्रय लिने टावर, भवन वा अग्ला पहाड) जस्ता अग्लो स्थानमा जाने लक्ष राखौं।
- यदि, होक्काइदो र सानरिकुको तटमा पछि फेरी आउने भूकम्पको चेतावनी जारी गर्यो भने
यदि होक्काइदो र सानरिकुको तटमा ७.० वा सोभन्दा ठुलो म्याग्निच्युडको भूकम्प गएको खण्डमा, त्यसपछि, महा भूकम्प जाने सम्भावनाको कारण, होक्काइदो र सानरिकुको तटमा त्योपछि आउने सम्भावित भूकम्पको चेतावनी जारी गरिनेछ। पछि आउने अर्को भूकम्पको चेतावनी जारी गरियो भने, लगभग एक हप्तासम्म ठूलो भूकम्प जाने सम्भावना रहने हुँदा त्यसको लागि आफ्नो सामान्य दैनिकजीवनलाई निरन्तरता दिइदै, लगभग एक हप्ता ठूलो भूकम्पको लागि तयारी गरि बसौं।
<जस्तैः तयारीमा बस्नुपर्ने उदाहरणहरु>
- तुरुन्तै भागी आश्रय लिन जान सकिने स्थितिमा सुत्ने
- आपतकालीन अवस्थामा तुरुन्तै बोकी लान सकिने तयारी सामानहरू सधैं साथमा राख्ने
- आपतकालीन समयमा जानकारी तुरुन्तै प्राप्त हुने गरि तयारी गरि राख्ने
- समय छदै तयारी गर्नुपर्ने सामानहरुको पुन: जाँचबुझ गरि राखौ
सम्पर्क :विपद् न्यूनीकरण प्रवर्द्धन बिभाग ०२२-२१४-३१०९
कर सम्बन्धि जानकारी
नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी सूचना कार्ड पठाइनेछ
आर्थिक बर्ष २०२६ को नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्ने सूचना कार्ड यहि, जुन ११ तारिक (बिहि) हुलाकबाट पठाइनेछ। कर भुक्तानी सूचना कार्डमा संलग्न गरिएको भुक्तानी गर्नुपर्ने राषिदमा महिना र म्याद लेखि छुट्याइएको हुँदा, त्यहि अनुसार भुक्तानी गर्नुहोस, राषिद हराउने वा कर भुक्तानी म्याद नाघ्ने जस्ता गल्ती नहुन ध्यान पुर्याउनुहोस। कर विवरणको बारेमा कर सूचना कार्डमा भएको पर्चीमा पुष्टी गर्नुहोस।
सम्पर्क : नगरपालिका कर विभाग【आओबा वार्ड, इजुमी वार्ड】०२२-२१४-८६३७ [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] ०२२-२१४-८६३८
नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद जुन ३० तारिक (मंगल) हो
आर्थिकबर्ष २०२६ को नगर तथा प्रान्तीय कर (निवास कर) को पहिलो किस्ता चाँही जुन ३० तारिक (मंगल) सम्ममा भुक्तानी गर्नुहोस। बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूले पनि जुन ३० तारिक (मंगल) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ।
सम्पर्क : कर भुक्तानी ब्यबस्थापन बिभाग फोन : ०२२-२१४-१०१०
नगर तथा प्रान्तीय कर छुट पाएका परिवारको खानेपानी शुल्क र ढल निकास शुल्क छुट को लागि आवेदन लिईनेछ
- छुट पाउने अवधि = आवेदन दिएको महिना पछि देखि २०२७ को जुन महिना सम्म
- छुट हुने रकम =खानेपानी शुल्कको न्यूनतम शुल्क र ढल निकास शुल्कको न्यूनतम उपयोग शुल्क
- लक्षित =खानेपानी प्रयोग गरिरहेका नगर तथा प्रान्तीय कर छुट पाएका घरपरिवारका लागि, बर्तमान अवस्थामा पनि आम्दानी कम भै आर्थिक अवस्था कमजोरका कारण जीवन यापनमा कठिनाई भएको, अन्य परिवारका सदश्यबाट निरन्तर आर्थिक सहयोग नपाएका घरपरिवार (भवन र खानेपानी आपूर्तिको आधारमा छुट नहुने अवस्था पनि हुन सक्छ।)
आवेदन : [पुनः अबेदन] गर्नको लागि सिटि द्वारा जुन महिनाको मध्यसम्ममा हुलाक मार्फत पठाइएको आवेदन फारममा भरेर पठाउने
[नयाँ आवेदक] खानेपानीको प्रयोगकर्ता सबैजनाको २०२६ आर्थिकवर्षको कर छुट प्रमाणपत्र (१८ वर्ष मुनिका आश्रित सदश्यहरूको चाँही आवश्यक पर्दैन) घरमूलीको अनुमतिपत्र (घरमूलीको सट्टामा अन्य व्यक्तिले आवेदन दिएको खण्डमा मात्र) लिएर गई खानेपानी संस्थानको उत्तर शुल्क भुक्तानी केन्द्र (किता रयोकीं सेन्टर), दक्षिण शुल्क भुक्तानी केन्द्र (मिनामी रयोकीं सेन्टर), नगरपालिका शुल्क भुक्तानी केन्द्र अथवा आवेदन फारम भरि हुलाक बाट पठाउन पनि सकिन्छ। यदि नयाँ आवेदकले हुलाक मार्फत पठाउन चाहनुहुन्छ भने हामीलाई अग्रिम रुपमा सम्पर्क गर्नुहोस ([आओबा वार्ड, इजुमी वार्ड] उत्तर शुल्क भुक्तानी केन्द्र ०२२-३७१-८८३०, [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] दक्षिण शुल्क भुक्तानी केन्द्र ०२२-३०४-००२०)
सम्पर्क : खानेपानी संस्थान दक्षिण शुल्क भुक्तानी केन्द्र (मिनामी रयोकीं सेन्टर) ०२२-३०४-००२०, भवन निर्माण संस्थान व्यवस्थापन बिभाग ०२२-२१४-८३३७
राष्ट्रिय स्वास्थ्य बिमितहरुलाई प्रदान गरिने, विशेष स्वास्थ्य परिक्षण, विशेष स्वास्थ्य मार्गनिर्देशन प्रणालीको उपयोग गरौं
- स्वास्थ्य परीक्षण गर्ने अवधि=जुन १ तारिक (सोम) देखि अक्टोबर ३१ तारिक (शनि), २०२७ जनवरी ४ तारिक (सोम) देखि ३० तारिक (शनि)
- लक्षित = राष्ट्रिय स्वास्थ्य बिमामा दर्ता भएका ४० बर्ष देखि ७४ वर्ष सम्मका व्यक्तिहरू (२०२७ मार्च ३१ तारिक सम्म)
- लक्षित व्यक्तिहरुलाई मे महिनाको अन्त्यतिर स्वास्थ्य परिक्षण गर्नको लागि टिकट पठाईसकेको छ। संलग्न गरि पठाएको पम्पलेटमा दर्ता भएको चिकित्सा संस्थाहरूमा गई स्वास्थ्य परिक्षण गर्नुहोस।
- स्वास्थ्य जाँच पछि, स्वास्थ्य सम्बन्धित बिशेष मार्गनिर्देशन गर्नुको लागि लक्षितबर्गमा पर्नु भएको व्यक्तिहरुले भने, चिकित्सा संस्थामा प्रयोग गर्ने टिकट प्राप्त गर्नुहुनेछ। कृपया यसलाई प्रयोग गर्नुहोस।
- आवेदन दिने तरिकाको बारे वा बिस्तृत जानकारीको लागि, कृपया शहरको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
राष्ट्रिय स्वास्थ्य बिमा शुल्क निर्धारण गरिएको सूचनाकार्ड पठाउनेछौं
आर्थिकबर्ष २०२६ को राष्ट्रिय स्वास्थ्य बिमाको शुल्क निर्धारण गरिएको सूचनाकार्ड जुन १५ तारिक (सोम) सम्म पठाउनेछौँ।
- जुन १५ तारिक (सोम) देखि जुलाई ३ तारिक (शुक्र) सम्म सम्बन्धित कल सेन्टर खुल्ला गरिनेछ।
०२२-२१७-६५३१ (कार्यालयको दिन बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे)
- आर्थिक बर्ष २०२६ भित्र घरमुली ७५ वर्ष पुग्ने भएको परिवारमा, विशेष सङ्कलन (सार्वजनिक पेन्सनबाट कटौती) गर्ने नभईकन, भुक्तानी रसिद द्वारा भुक्तानी गरिने अथवा बैंक ट्रान्सफर बाट गर्नुपर्नेछ।
- आर्थिकबर्ष २०२६ को बिमाशुल्क दर आदिको बारे बिस्तृत जानकारी, सिटीको होमपेजमा हेर्नुहोस।
सम्पर्क : वडा कार्यालय, मियागी सामान्य शाखा बिमा तथा पेन्सन बिभाग, आकियु सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग
बाल भत्ताको लागि「वर्तमान अवस्थाको रिपोर्ट」पेश गर्ने बारेमा बुझ्नुहोस
सैद्धान्तिक रूपमा, वर्तमान अवस्थाको रिपोर्ट पेश गर्न आवश्यक पर्दैन तर, बालबालिकाको पालनपोषण परिस्थितिको कारणले यसलाई निरन्तर पेश गर्न आवश्यक पर्ने व्यक्तिहरूलाई भने, जुन महिना मध्य भित्रमा वर्तमान अवस्थाको रिपोर्ट हुलाक द्वारा पठाइनेछ। लक्षित बर्ग अन्तर्गत पर्नुहुने व्यक्तिहरुले, जुन ३० तारिक (मंगल) सम्ममा आवेदन बुझाउनुहोस।
आवेदन बुझाउने तरिका चाँही, चिट्ठी पाउँदा त्यस भित्र भएको, फेरी पठाउनको लागिको खाममा हालेर हुलाक मार्फत पठाउने वा माइनापोर्टल बाट बुधितीय साधनबाट पनि आवेदन दिन सक्नुहुन्छ। जुन १ तारिक (सोम) पछिदेखि भने, काउन्टरबाट पनि आवेदन दिन सक्नुहुन्छ।
सम्पर्क : वार्ड कार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग
नागरिक कानून आदि संशोधनका कारण, सम्बन्ध विच्छेद पछि बच्चा हुर्काउने सम्बन्धी नियमहरू परिवर्तन भएका छन
- अभिभावको जिम्मेवारी सम्बन्धी नियमहरूको स्पष्टता
अभिभावकीय अधिकार भए वा नभएपनि अथवा विवाहित भए वा नभएपनि, आमाबाबुको लागि बच्चा पालनपोषण गर्ने जिम्मेवारी र दायित्व अब कानूनी रुपमा स्पष्ट रूपमा परिभाषित गरिएको छ।
- अभिभावकीय अधिकार सम्बन्धी नियमहरूको परिमार्जन
यो भन्दा पहिले, आमा वा बुवा मध्ये केवल एक जना अभिभावकलाई मात्र अभिभावकीय अधिकार भएको 「एकल अभिभावकीय अधिकार」प्रणाली परिवर्तित गरि, सम्बन्ध विच्छेद पछि पनि आमा बाबु दुवैले अभिभावकीय अधिकार कायम हुने「संयुक्त अभिभावकीय अधिकार」को छनौट गर्न सकिने भएको छ।
- पालनपोषण खर्चको भुक्तानी सुनिश्चित गर्ने उद्देश्यले भएको परिमार्जन
सम्बन्ध विच्छेदको समयमा पालनपोषणको लागि खर्चको बारेमा कुनै सहमति नभए पनि, सहमति सम्झौता नभएसम्मको अवधिमा, बच्चासँग बस्ने आमा अथवा बाबुले, बच्च सँगै नबस्ने आमा अथवा बाबुलाई, प्रति बच्चाको लागि प्रति महिना २०,००० येन पालनपोषण को लागि रकम भुक्तानी गर्नुपर्ने प्रणाली (अदालतिय पालनपोषण खर्च) को ब्यबस्था गरिएको छ (२०२६ अप्रिल १ तारिक पछि सम्बन्ध विच्छेद भएको हरूमा लागू हुने)।
- सुरक्षित र निश्चिन्त अभिभावक-बच्चा बिच छलफल कार्यान्वयन गर्ने उद्देश्यले परिमार्जन
अभिभावक-बच्चाबिच छलफल वा आमा बुवा बाहेक अन्य आफन्तहरूसँगको छलफल सम्बन्धी नियमहरू परिमार्जन गरिएको छ।
- नागरिक कानून आदि संशोधन भएका कारण सम्बन्ध विच्छेद दर्ता फारमको ढाँचामा पनि परिवर्तन
※यी कुनैपनिको बारेमा थप जानकारीको लागि शहरको वेबसाइट हेर्नुहोस।
सम्पर्क:【सम्बन्ध विच्छेद पछि बच्चा पालनपोषण सम्बन्धी परिमार्जनको बारेमा】बाल सहयोग अनुदान विभाग ०२२-२१४-८१८०
【सम्बन्ध विच्छेद दर्ता को बारेमा】परिवार दर्ता तथा निवास दर्ता विभाग ०२२-२१४-६१२६
एड्स, सिफिलिस सिही दिन परीक्षण
- बुकिंग प्रणाली
- आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि परिक्षण गर्ने अघिल्लो दिन सरकारी कार्यालय खुल्ला भएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि निवेदन दिन सक्नुहुन्छ।
- बेलुकाको समयमा गरिने परीक्षण … जुन २६ तारिक (शुक्र), बेलुका ५:०० बजेदेखि ७:०० बजे / स्वास्थ्य परामर्श केन्द्र, कोसेइकान (आओबा वार्ड मियामाची १-१-५)
जुलाई १० तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / अएर बिल्डिंगको छैठौं तल
- बिदाको दिन गरिने परीक्षण … जुलाई ४ तारिक (शनि) दिउँसो १:३० देखि ३:०० बजे / स्वास्थ्य परामर्श केन्द्र कोसेइकान
परीक्षण क्षमता भने लगभग ३० जना (पहिले आईपुग्ने व्यक्तिको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिइनेछ। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गरिनेछ)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९
नगरपालिकाको आवास भवनको लागि आबेदन खुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक (मंगल) सम्म
यस पटकको आवेदनको लागि, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको छनौट गरिनेछ।
- 「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」=जुन ५ तारिक (शुक्र) बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, वडा कार्यालयको सामान्य जानकारी आदिबाट फारम वितरण गरिएको छ
- आबेदन गर्ने तरिका =「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」मा संलग्न गरिएको आबेदन फारम भरि, आबेदन फारामको लागिको खाममा हालेर जुन १६ तारिक (मंगल) सम्ममा हुलाकबाट पठाउनुहोस।
- कोठामा सर्न सम्भब हुने दिन = अक्टोबर १ तारिक (बिही) (को योजना)
- आवेदन दिन मिल्ने व्यक्ति=हाल आवासको लागि समस्यामा परेका परिवार आदि। बिस्तृत जानकारीको लागि「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोला
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई चाँही, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक आवास आबेदन बिभाग ०२२-३९९-७४१३
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (जुन महिना १७ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सुरु गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले आबेदन गर्नेलाई प्रथामिकता दिइने)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (जुन महिना २५ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले आबेदन गर्नेलाई प्रथामिकता दिइने)
- स्थान : आएर बिल्डिंगको ७ औं तला
- बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
- आवेदन =जुन महिना ८ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई उद्योग ब्यबसाय सहयोग केन्द्रको वेबसाइटबाट आवेदन गर्नुहोस। (1) फोनबाट पनि आवेदन दिन सकिन्छ।
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४