नगर तथा प्रान्तीय कर विवरण बुझाउने बारे
कर समायोजन गर्न जाने स्थलमा भीडभाड रोकथामको लागी, विधुतीय माध्यमबाट कर बिबरण बुझाउन वा हुलाक मार्फत कर बिबरण पठाउनुहुन अनुरोध गर्दछौं।
<नगर तथा प्रान्तीय कर विवरण बुझाउन आवश्यक नपर्ने व्यक्तिहरु>
- आयकर फिर्ताको लागि निबेदन दिने व्यक्तिहरु
- आम्दानीको स्रोत तलब मात्र भएको अथवा सरकारी पेन्सन मात्रै आम्दानीको स्रोत भएको व्यक्ति (आर्थिक बर्षको बिचदेखि जागिर गर्न थाली वा अवकाश लिई, वर्षको अन्त्यमा कर समायोजन नगरेका व्यक्ति तथा चिकित्सा खर्च आदिको गर्दा लागेको रकम फर्छ्यौट बिबरणमा सूचीबद्ध नगरिएका र उपचार खर्च फिर्ता पाउनुपर्ने भएको खण्डमा विवरण बुझाउनुपर्ने हुन्छ।)
- माथि उल्लेखित बुँदाहरूमा पर्नु हुने आश्रीत व्यक्तिहरु आदि (एकै घर परिवारको पति/पत्नी वा आश्रीत) (सेन्दाई नगर बाहेक अन्य ठाउँमा बसोबास गर्ने व्यक्तिहरु बाट सहयोग प्राप्त गर्ने व्यक्तिहरुले विवरण बुझाउन पर्नेहुन्छ।)
<नगर तथा प्रान्तीय कर विवरण बुझाउन आवश्यक पर्ने व्यक्तिहरु>
- २०२६ जनवरी १ तारिक हाल, यस नगरको बासिन्दा भई, माथि उल्लेखित「नगर तथा प्रान्तीय कर विवरण बुझाउन आवश्यक नपर्ने व्यक्ति」मा नपर्ने व्यक्तिहरु (२०२५ को आर्थिकबर्षमा आम्दानी नभएकाहरुले पनि विवरण बुझाउन पर्ने छ। विवरण नबुझाएको खण्डमा, कर छुटको प्रमाणपत्र आदि जारी नहुने हुनाले, ध्यानपुर्याउनुहोला।)
नगर तथा प्रान्तीय कर विवरण बुझाउने स्थान
- खुल्ने अवधि=फेब्रुअरी २ तारिक(सोम)देखि मार्च १६ तारिक(सोम)(कार्यालय बन्द हुने दिन बाहेक)
रिसेप्सन समय बिहान ९:०० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थान आएर बिल्डिंगको छैठौं तल्लाको विशेष स्थान (आओबा वार्ड, वाकाबयासी वार्ड, ताईहाकु वार्ड बैकल्पिक स्थान)
- खुल्ने अवधि=फेब्रुअरी १६ तारिक(सोम)देखि मार्च १६ तारिक(सोम)(कार्यालय बन्द हुने दिन बाहेक)
रिसेप्सन समय बिहान ९:०० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थान मियागीनो वडाकार्यालय छैटौं तल्लाको हल, इजुमी वडाकार्यालयको पुर्बपट्टि सरकारी भवनको पहिलो तल्लाको मध्यभागको सम्मेलन कक्ष
रिसेप्सन समय बिहान ९:३० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थान मियागी सामान्य शाखा कार्यालयको तेस्रो तल्लाको सम्मेलन कक्ष
- खुल्ने अवधि=मार्च २ तारिक(सोम)देखि मार्च १६ तारिक(सोम)(कार्यालय बन्द हुने दिन बाहेक)
रिसेप्सन समय बिहान ९:३० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थान ताइहाकु वडाकार्यालय ५ औं तल्लाको हल, अकिऊ सामान्य शाखा कार्यालय दोस्रो तल्ला ठूलो सम्मेलन कक्ष
सम्पर्क: नगर तथा प्रान्तीय कर बिभाग【आओब वार्ड・इजुमी वार्ड 】०२२-२१४-८६३७,【मियागीनो वार्ड・वाकाबायाशी वार्ड・ताइहाकु वार्ड】०२२-२१४-८६३८
कर सम्बन्धि सूचना
आयकर, नगर तथा प्रान्तीय करको विवरण बुझाउने अवधि मार्च १६ तारिक (सोम) हो। विवरण बुझाउन पर्ने व्यक्तिहरुले तोकिएको अवधि भित्रमा विवरण बुझाउनु हुन अनुरोध गर्दछौ।
त्यसैले, आयकरको विवरणको लागि विद्युतीय माध्यम (e-tax), नगर तथा प्रान्तीय कर बारे विवरणको लागि विधुतीय माध्यमबाट अथवा हुलाक मार्फत विवरण पेश गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं।
<माई नम्बर कार्डको विवरण र व्यक्तिगत नम्बर पुष्टि गर्न सकिने कागजपत्र आदिको बारेमा>
- आयकर विवरण बुझाई कर फिर्ता संयोजन र नगर तथा प्रान्तीय करको विवरण दुवै बुझाउँदा, कर फिर्ता फारम, पेशकर्ता स्वयम, कर कटौती लक्षित योग्य व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बर पनि उल्लेख गर्न आवश्यक पर्दछ।
- करको विवरण पेश गर्ने समयमा पेशकर्ताले आफ्नो व्यक्तिगत नम्बर पुष्टि हुने कागजपत्र र आफ्नो पहिचान खुलाउने कागजपत्रको प्रमाण पेश गर्न आवश्यक पर्नेछ। (कर कटौतीका लागि लक्षित व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बरको सम्बन्धमा पुष्टिकरणको कागजपत्र पेश गर्न आवश्यक पर्ने छैन।)
आयकर विवरण बुझाउने बारे सम्पर्क गर्न :
सेन्दाई किता कर कार्यालय ०२२-२२२-८१२१ , सेन्दाई नाका कर कार्यालय ०२२-७८३-७८३१ , सेन्दाई मिनामी कर कार्यालय ०२२-३०६-८००१
राष्ट्रव्यापी एकैसाथ जे-अलर्ट सूचना प्रसारण परीक्षण कार्य गरिने
भुकम्प, सुनामी वा सशस्त्र आक्रमण आदि भएको खण्ड पूर्वतयारी स्वरुप, राष्ट्रव्यापी तात्कालिक चेतावनी प्रणाली (जे-अलर्ट) प्रयोग गरी एकैसाथ राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण गरिने कार्य फेब्रुअरी ६ तारिक (शुक्र) बिहान ११ बजे गरिनेछ।
त्यसदिन, नगरको वेबसाइट, नगरको आधिकारिक LINE अकाउन्ट, नगरको संकट व्यवस्थापन बिभाग X (पुरानो ट्विटर) बाट परीक्षण सूचना प्रसारण गर्ने अतिरिक्त, शहरको पूर्वी भागमा जडान गरिएको माईक द्वारा परीक्षणको अडियो पनि प्रसारण गरिनेछ। कृपया ध्यान दिनुहोस।
सम्पर्क:संकट व्यवस्थापन बिभाग ०२२-२१४-८५१९
मियागी पोइन्ट ३,००० पोइन्ट वितरण
सेन्दाई जीवनयापन सहयोग!! पोइन्ट अभियान
बढ्दो मूल्यवृद्धि विरुद्ध सहज बनाउने उपाय मध्ये एकको रूपमा, तोकिएका स्टोरहरूमा १ पोइन्ट = १ येनको दरले प्रयोग गर्न सकिने मियागी पोइन्ट वितरण गर्ने अभियान चलाइरहेका छौं।
- लक्षित: सेन्दाई शहर भित्र बसोबास दर्ता भएका व्यक्तिहरू
- आवश्यक चिजहरू: NFC (छोटोदुरीको वायरलेस सञ्चार) मिल्दो स्मार्टफोन, माई नम्बर कार्ड (४-अङ्कको PIN नम्बर सहित)
- गर्नुपर्ने पूर्व तयारी
पोइन्ट प्राप्त गर्नको लागि, मियागी प्रान्तद्वारा संचालित「डिजिटल आईडी एप (पकेट साइन)」तपाईंको स्मार्टफोनमा डाउनलोड गर्नुपर्ने आवश्यक पर्छ।
- पोइन्ट प्राप्त गर्ने अवधि = जुन महिना ३० तारिक (मंगल) सम्म
- पोइन्ट चलाउन सकिने अवधि = डिसेम्बर ३१ तारिक (बिहि) सम्म
- वडाकार्यालय, शाखा कार्यालय र आएर बिल्डिंगको २४ औं तलामा पोइन्ट प्राप्त गर्ने तरिका सिकाउन सहयोगको लागि बुथहरू स्थापना गरिएकोछ।
- एप डाउनलोड गर्ने तरिका आदि बिस्तृत विवरणको लागि विशेष वेबसाइट( External link ) मा हेर्नुहोला।
सम्पर्क: [एप डाउनलोड गर्ने र पोइन्ट प्राप्त गर्ने तारिकोको बारे जानकारीको लागि] मियागी पोइन्ट कल सेन्टर ०१२०-६५५-०६७ (बिहान ९:०० बजेदेखि बेलुका ५:३० बजेसम्म, सरकारी बिदाको दिन बाहेक) [यस अभियानको बारेमा अन्य जानकारीको लागि] वडा प्रशासन बिभाग ०२२-२१४-६१२५
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (फेब्रुअरी १८ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (फेब्रुअरी महिना २६ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
- स्थान = आएर बिल्डिंगको ७ औं तला
- बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
- आवेदन =फेब्रुअरी महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ। (1) नम्बरको लागि भने फोनबाट पनि निबेदन गर्न सक्नुहुन्छ।
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
बहुसांस्कृतिक समाज परियोजना आदिको लागि अनुदान रकम प्रदान गरिनेछ
पहिलो अवधि
परियोजना कार्यान्वयन अवधि: अप्रिल देखि २०२७ मार्च, आवेदन अवधि: फेब्रुअरी १ तारिक देखि २८ तारिक सम्म
दोस्रो अवधि
परियोजना कार्यान्वयन अवधि: जुलाई देखि २०२७ मार्च, आवेदन अवधि: मे १ तारिक देखि ३१ तारिक सम्म
तेस्रो अवधि
परियोजना कार्यान्वयन अवधि: अक्टोबर देखि २०२७ मार्च, आवेदन अवधि: अगस्ट १ तारिक देखि ३१ तारिक सम्म
चौथो अवधि
परियोजना कार्यान्वयन अवधि: २०२७ जनवरी देखि मार्च, आवेदन अवधि: नोभेम्बर १ तारिक देखि ३० तारिक सम्म
※आवेदन गर्नको लागि भने शनिबार, आईतबार र सार्वजनिक बिदाको दिन बाहेक
- लक्षित=मुख्यतया सेन्दाई शहर भित्र सक्रिय भै, अधिकांश सदस्यहरू शहर भित्रै बसोबास गरेको वा आवतजावत गर्ने, काम गर्ने वा स्कूल जाने गरेको
- अनुदान दिने अधिकतम सिमा रकम १००,००० येन
- आबेदन गर्ने तरिका आदि बिस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस
सम्पर्क: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०
एड्स, सोही दिन परीक्षण गरिने सिफिलिस
- बुकिंग प्रणाली
- आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि परिक्षण गरिने अघिल्लो दिनसम्म रातो बिदा बहेकको दिन, दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागिको सम्बन्धित फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
- रतिको समयमा गरिने परिक्षण…फेब्रुअरी २७ तारिक(शुक्र), मार्च १३ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे /आएर बिल्डिंगको छैठौं औं तल्ला
- बिदाको दिन गरिने परिक्षण… मार्च ७ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
परिक्षण क्षमता भने लगभग ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९