Page ID: 74746

Updated: June 7, 2024

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जुन अंक

सिटिले फोहोर फाल्ने तोकिएको झोलाको डिजाइन परिवर्तन गरेकोछ

  • पुरानो डिजाइनका तोकिएका झोलाहरू स्टक सकिएको पसलहरूले क्रमशः, नयाँ डिजाइनको झोला बिक्रीकार्य सुरु गर्नेछन।
  • यदि पुरानो डिजाइनका तोकिएका झोलाहरू पनि छभने प्रयोग गर्न सकिन्छ।
  • घरेलु फोहोरको लागि तोकिएको झोला र प्लास्टिकको स्रोतबाट बनेका फोहोरको लागि तोकिएको झोला पुरानो र नयाँ कुनैपनि बिक्री मूल्यमा परिवर्तन भएको छैन।

स्रोतको रूपमा पुन: प्रयोग गर्न सकिने फोहोर छुट्याउने तरिका तथा फाल्ने तरिकाहरु सम्बन्धी जानकारीको लागी सिटिको होमपेजमा हेर्नुहोस।
सम्पर्क : घरेलु फोहोर न्यूनीकरण बिभाग ०२२-२१४-८२२६

कर सम्बन्धित जानकारी

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्ने सूचना कार्ड पठाइनेछ

२०२४ आर्थिक बर्षको नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्ने सूचनाकार्ड चाँही जुन ६ तारिक बाट पठाउनेछौ। कर भुक्तानी सूचना कार्डमा संलग्न गरिएको भुक्तानी गर्ने स्लिपहरू कर भुक्तानी म्याद अनुसार विभाजित गरिएको हुनाले, हराएमा वा कर भुक्तानी म्याद नाघ्ने जस्ता गल्ती नहुने गरि ध्यान पुर्याउनुहोस। कर भुक्तानी विवरणको कर सूचनाकार्डमा भएको कर रषिदमा पुष्टी गर्नुहोस।
सम्पर्क : नगरपालिका कर विभाग【आओबा वार्ड, इजुमी वार्ड】०२२-२१४-८६३७ [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] ०२२-२१४-८६३८

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद जुलाई १ तारिक हो

२०२४ आर्थिकबर्षको नगर तथा प्रान्तीय कर (निवास कर) को पहिलो किस्ता चाँही जुलाई १ तारिक (सोम) सम्ममा भुक्तानी गर्नुहोला। बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूले पनि जुलाई १ तारिक (सोम) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ।
सम्पर्क : कर भुक्तानी ब्यबस्थापन बिभाग फोन : ०२२-२१४-१०१०

नगर तथा प्रान्तीय कर छुट भएका परिवारको लागि खानेपानी शुल्क र ढल प्रयोग शुल्क छुट पाउनको लागि आवेदन लिईनेछ

  • छुट पाउने अवधि = आवेदन गरेको महिनाको अर्को महिना देखि २०२५ को जुन महिना सम्म
  • छुट हुने रकम =खानेपानी शुल्कको न्यूनतम शुल्क र ढल प्रयोग शुल्कको न्यूनतम उपयोग शुल्क
  • लक्षित =खानेपानी प्रयोग गरिरहेका नगर तथा प्रान्तीय कर छुट भएका घरपरिवारका लागि, बर्तमान अवस्थामा पनि आम्दानी कम भै आर्थिक अवस्था कमजोरका कारण जीवन यापनमा कठिनाई भै, अन्य परिवारका सदश्यबाट निरन्तर आर्थिक सहयोग नपाएका घरपरिवार (भवन र खानेपानी आपूर्तिको आधारमा छुट नहुने अवस्था पनि हुन सक्छ।)

आवेदन : [पुनः अबेदन] गर्नको लागि सिटि द्वारा जून महिनाको शुरुमा हुलाक मार्फत पठाइएको आवेदन फारममा भरेर पठाउने 
[नयाँ आवेदक] खानेपानीको प्रयोगकर्ता सबैजनाको २०२४ आर्थिकवर्षको कर छुट प्रमाणपत्र (१८ वर्ष मुनिका आश्रित सदश्यहरूको चाँही आवश्यक पर्दैन) घरमूलीको अनुमतिपत्र (घरमूलीको सट्टामा अन्य व्यक्तिले आवेदन दिएको खण्डमा मात्र) लिएर गई खानेपानी संस्थान दक्षिण शुल्क भुक्तानी केन्द्र, उत्तर शुल्क भुक्तानी केन्द्र, नगरपालिका शुल्क भुक्तानी केन्द्र अथवा आवेदन फारम भरि हुलाक बाट पठाउन पनि सकिन्छ। यदि नयाँ आवेदकले हुलाक मार्फत पठाउन चाहनुहुन्छ भने हामीलाई अग्रिम रुपमा सम्पर्क गर्नुहोस ([आओबा वार्ड, इजुमी वार्ड] उत्तर शुल्क भुक्तानी केन्द्र ०२२-३७१-८८३०, [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] दक्षिण शुल्क भुक्तानी केन्द्र ०२२-३०४-००२०)
सम्पर्क : खानेपानी संस्थान दक्षिण शुल्क भुक्तानी केन्द्र ०२२-३०४-००२०, भवन निर्माण संस्थान व्यवसाय बिभाग ०२२-२१४-८८०९

एड्स, सिफिलिस परीक्षण

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि परिक्षण गर्ने अघिल्लो दिन सरकारी कार्यालयको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।

(1)रातिको समय परिक्षण गरिने एड्स, , सोही दिन परिक्षण गरिने सिफिलिस… जुन २८ तारिक (शुक्र) ५:०० बजेदेखि ७:०० बजे / स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा-कु मियामाची १-१-५) 
जुलाई १२ तारिक (शुक्र) ५:०० बजेदेखि ७:०० बजे / आएर बिल्डिङको ५ औं तला
(2)बिदाको दिन परिक्षण गरिने एड्स , सोहि दिन परिक्षण गरिने सिफिलिस… जुलाई ६ तारिक(शनि)१:३० बजेदेखि ३:०० बजे / स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा-कु मियामाची १-१-५)
परीक्षण क्षमता भने लगभग ३० जना (पहिले आइपुग्ने व्यक्तिको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिइनेछ। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गरिनेछ)
<चिकित्सा संस्थाहरूमा एड्स र यौनरोगहरूको लागि परीक्षण कार्य सुरु गरिनेछ>

  • आवेदन लिन सुरु हुने मिति : जुन १ तारिक (शनिबार)
  • व्यक्ति आफैले भुक्तान गर्नुपर्ने परिक्षण रकम : १,००० येन
  • वास्तविक नाम लेखि परीक्षण गर्ने
  • यदि पोजेटिभ देखिएको खण्डमा, यसलाई निरन्तरता दिई उपचार गर्नपनि सम्भव हुने
  • उपचार गरिने स्थानीय चिकित्सा संस्थाहरू र आवेदन गर्ने तरिकाको बिस्तृत जानकारीको लागि वेबसाइटमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क: संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९

 बाल भत्ताको「वर्तमान स्थिति रिपोर्ट」पेश गर्ने बारेमा बुझ्नुहोस।

सैद्धान्तिक रूपमा, वर्तमान स्थिति रिपोर्ट पेश गर्न आवश्यक पर्दैन तर, बालबालिकाको पालनपोषण परिस्थितिको कारणले यसलाई निरन्तरता दिई पेश गर्नु आवश्यक पर्ने व्यक्तिहरूका लागि भने, जुन महिना भित्रमा हुलाक द्वारा पठाइनेछ। जुन २८ तारिक (शुक्र) सम्ममा पेश गर्नुहोस।
चिट्ठी पठाउदा संलग्न गरिएको फेरी पठाउनको लागिको खाममा हालेर हुलाक मार्फत पठाउने वा माइनापोर्टल बाट इलेक्ट्रोनिक आवेदन पनि दिन सक्नुहुन्छ। जुन ३ तारिक (सोम) पछिदेखि भने, काउन्टरबाट पनि आवेदन दिन सक्नुहुन्छ।
सम्पर्क : वार्ड कार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग

राष्ट्रिय स्वास्थ्य बिमितहरुले विशेष स्वास्थ्य परीक्षण गरौ 

  • स्वास्थ्य परीक्षण गर्ने अवधि=जुन १ तारिक (शनि) देखि सेप्टेम्बर ३० तारिक (सोम), २०२५ जनवरी ४ तारिक (शनि) देखि ३१ तारिक (शुक्र)
  • लक्षित = राष्ट्रिय स्वास्थ्य बिमामा दर्ता भएका ४० बर्ष देखि ७४ वर्षका व्यक्तिहरू (२०२५ मार्च ३१ तारिक सम्म)
  • लक्षित बर्गका व्यक्तिहरुलाई मे को अन्त्यमा परिक्षण टिकट पठाउनेछौं। आवेदन गर्नुपर्ने आवश्यकता पर्दैन। संलग्न गरि पठाएको पम्पलेटमा दर्ता गरिएको चिकित्सा संस्थाहरूमा गई स्वास्थ्य परिक्षण गर्नुहोस।
  • वृद्धबृद्धा चिकित्सा हेरचाह प्रणालीमा दर्ता भएका व्यक्तिहरु र ३५ बर्ष देखि ३९ बर्षको व्यक्तिहरु (२०२५ मार्च ३१ तारिक सम्म) ले चाँही, जुलाई १ तारिक देखि जाँच गरिने आधारभूत स्वास्थ्य परीक्षण गराउन सक्नेछन। आवेदन दिने तरिका आदि बिस्तृत विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बिमा शुल्क निर्धारण गरिएको सूचनाकार्ड पठाउनेछौं

२०२४ आर्थिकबर्षको राष्ट्रिय स्वास्थ्य बिमा शुल्क निर्धारण गरिएको सूचनाकार्ड जुन १४ तारिक (शुक्र) सम्म पठाउनेछौँ।

  • जुन १४ तारिक (शुक्र) देखि जुलाई ५ तारिक (शुक्र) सम्म सम्बन्धित कल सेन्टर खुल्ला गरिनेछ।
    ०२२-२१७-६५३१ (कार्यालयको दिन बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे)
  • २०२४ आर्थिक बर्ष भित्रमा घरमुली ७५ वर्ष पुग्ने भएको परिवारमा, विशेष सङ्कलन (सार्वजनिक पेन्सनबाट कटौती) गर्ने नभईकन, भुक्तानी रसिद द्वारा भुक्तानी गरिने अथवा बैंक ट्रान्सफर बाट गर्नुपर्नेछ।
  • २०२४ आर्थिकबर्षको बिमा शुल्कको बारेमा, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क : वडा कार्यालय, मियागी सामान्य शाखा बिमा तथा पेन्सन बिभाग, आकियु सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

नगरपालिकाको आवास भवनको लागि आबेदनखुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक (आईत) सम्म

यस पटकको आवेदनको लागि, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको निर्णय गरिनेछ।

  • 「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」=जुन ६ तारिक(बिहिबार)(बिहि) बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग,नगरपालिका सरकारी भवनको दोस्रो तल्लामा रहेको नागरिक भवन, वाडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, अओवा कु वाडा कार्यालय परिवार र निवासी दर्ता बिभाग सेन्दाई स्टेशन अगाडि सेवा केन्द्र (आएर पाचौ तल्ला), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वाडा कार्यालयको केन्द्रीय नागरिक भवन, सेन्दाई सिटि समाज कल्याण परिषद्को कार्यालय, सेवानिवृत्ति पछि सिक्ने र सिकाउने केन्द्रबाट फारम वितरित
  • आबेदन गर्ने तरिका =तालिका भित्रबाट एउटा घर छानेर,「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」शीर्षकमा संलग्न आबेदन फारम भरि, आबेदन फारामको लागिको खाममा हालेर जुन १६ तारिक (आईत) सम्म हुलाकबाट पठाउनुहोस। 
  • कोठा भाडामा बस्ने व्यक्ति निर्धारण गर्ने तरिका(अंक प्रणाली)= अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणाली, घरका सदस्यहरूको संख्याको आधारमा कोठाको क्षेत्रफल र टपबाथ आदि जडान नभएकोले कठिन वातावरण भएको, परिवार सदस्यको आयआम्दानी कम भै घरभाडाको समस्या, एकल अभिभावक भएको परिवार, अपाङ्गता भएका परिवार आदिको पारिवारिक स्थितिको कारणले घरमा बस्न नदिएको आदि छ वा छैन, धेरै पटक अबेदन गर्दा पनि नपरेको आदि आवासको आवश्यकताको बारेमा, आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको अभाव निवेदन फारमको आधारमा अंक दिईनेछ र उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको निर्णय गरिनेछ। प्रतिबिम्बित गर्ने अंक प्रणालीको बिस्तृत बिबरणको बारेमा चाँही「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।
  • कोठामा सर्न सम्भब हुने दिन = २०२४ अक्टोबर ८ तारिक (मंगल) (को योजना)
  • आवेदन गर्न सक्ने व्यक्तिहरु = तलका निम्न सर्तहरू पूरा गरेका व्यक्तिहरु
  1. हाल आवासको लागि समस्यामा परेको
  2. हाल परिवार सँगै बसीरहेको, परिवार सँगै बस्ने योजना भएको
  3. सिटि भित्रमा नै ठेगाना अथवा काम गर्ने ठाउँ भएको

यसबाहेक अरु पनि सर्तहरु छन जस्तैः,निश्चित आयआम्दानी भन्दा कम भएको अवस्थामा। बिस्तृत जानकारीको लागि「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई चाँही, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्कको लागि:सेन्दाई शहर निर्माण तथा आवास भवन आबेदन बिभाग ०२२-२१४-३६०४
 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917