ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)नोभेम्बर अंक
Page ID: 77152
Updated: November 8, 2024
ここから本文です。
जापान वित्तीय सरकारीकोष बाट प्रदान गरिने सामान्य शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) बाट ऋणीले प्रयोग गरेको ऋणको ब्याज चाँही, उच्चमाध्यामिक विद्यालय आदिमा अध्ययन अवधि भित्रमा तिरेको भए त्यो ब्याज चाँही अनुदान दिइनेछ।
सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१
अबेदन =सिटिको सरकारी प्राथमिक बिधालयले बितरण गरेको, विद्यालय स्वास्थ्य परीक्षण आवेदन फारम सँगै पठाएको फारम (सिटिको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ) मा भरेर डिसेम्बर २७ सम्ममा पठाउनुपर्ने
सम्पर्क = शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१
परिक्षण क्षमता भने लगभग ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने पछि मात्र नतिजाको जानकारी गराउनेछौं)
सम्पर्क: संक्रामक रोग नियन्त्रणबिभाग ०२२-२१४-८०२९
आफ्नो कम्प्युटर वा स्मार्टफोनबाट इन्टरनेट प्रयोग गरि, बीमा रकम बैंक खाताबाट भुक्तानी गर्नको लागि आवेदन (वेब बैंक खाताबाट भुक्तानी रिसेप्शन सेवा) गर्न सकिन्छ। बैंक खाताबाट भुक्तानी अनुरोध फारम भर्न वा हंको लगाउन आवश्यक पर्दैन, र हुलाक मार्फत वा वडाकार्यालयको काउन्टरमा लिएर जाने आवश्यक पनि पर्दैन। यसैले, कृपया यसको उपयोग गर्नुहोस।
सम्पर्क: कर व्यवस्थापन र भुक्तानी कार्यालय ०२२-२१४-१३३४
नगर द्वारा संचालन गरिएको स्वास्थ्य परिक्षण मध्ये, पेटको क्यान्सर, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, ठुलो आन्द्राको क्यान्सर परीक्षण अथवा सामान्य परीक्षणको लागि आवेदन गर्नको लागि थप अवधि नोभेम्बर २९ तारिक (शुक्र) (पुग्नुपर्ने) सम्म हो(फोक्सोको क्यान्सर, क्षयरोगको परीक्षण, (अन्डकोष) प्रोस्टेट क्यान्सर परीक्षणको लागिको आवेदन समाप्त भएकोछ।)आवेदन प्रक्रियाको जानकारी भने, तपाईं बसोबास गर्नुभएको सिटीको वार्ड कार्यालय वा वार्डको शाखा कार्यालयद्वारा वितरण गरिन्छ। साथै, नगरपालिकाको वेबसाइट मार्फत पनि आवेदन दिन सक्नुहुनेछ। यदि पहिलेनै परीक्षण कार्ड लिनु भएको अवस्थामा, परीक्षण गर्न नबिर्सनुहोला।
सम्पर्क : वडाकार्यालय परिवार स्वास्थ्य बिभाग, शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
जाडो मौसममा नोरोभाइरस (हैजा) का कारण हुने स्वास्थ्य समस्याहरु धेरै हुन्छन। खाना पकाउनु अघि राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउने जस्ता रोकथामका उपायहरू अपनाउने गरौं।
घरेलु रोकथामका उपाय सँग सम्बन्धित पर्चाहरू, वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन बिभाग साथै सरसफाइ बिभाग बाट पनि वितरण गरिएको छ।
सम्पर्क : वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन विभाग अथवा सरसफाई बिभाग
कामकाजि आदिका कारणले बालबालिकाको विद्यालय समयपछि पनि घरमा अभिभावक (६५ वर्षभन्दा मुनिका सँगै बस्ने परिवारको अन्य सदश्य समेत) नहुने परिवारको लागि प्राथमिक विद्यालयका विद्यार्थीहरू लक्षित गरि, बाल केन्द्रहरूमा उपयुक्त दैनिकीको लागि बस्ने र खेल्ने ठाउँहरू प्रदान गरि, बालबालिकाको स्वस्थ विकासमा पनि प्रयत्न गर्नेछौं।
बिस्तृत विवरणहरूको लागि, नगरपालिकाको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.