Page ID: 77616

Updated: December 6, 2024

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)डिसेम्बर अंक

२०२५ जनवरी १२ तारिक (आइतवार) को दिन सेन्दाई सिटिले २० बर्षका व्यक्तिहरुको जमघट (हाताचि नो चुदोई) आयोजना गर्नेछ।

  • समय =दिउँसो १:१५ बजे देखि २:३० बजे (१२:३० मा प्रवेश खुल्ने)
  • स्थान = खामेइ आरिना सेन्दाई (सेन्दाई सिटिको खेलकुद हल)
  • लक्षित बर्ग=सेन्दाई सिटि भित्र बसोबास गर्नुहुने, २००४ को अप्रिल २ तारिक देखि २००५ को अप्रिल १ तारिक जन्मेका व्यक्तिहरू (अक्टोबर मसान्त सम्म, हाल सेन्दाई सिटिको बासिन्दाका रूपमा दर्ता भएकाहरूका लागि, नोभेम्बर महिनाको अन्त्य देखि निमन्त्रणा पत्र पठाइनेछ। निमन्त्रणा पत्र नपाएकाले पनि सहभागी हुन सक्नुहुन्छ।)
  • निमन्त्रणा पत्रमा भएको QR कोड अथवा सिटिको होमपेज मार्फत सम्बन्धित फारममा एक्स्सेस गरि, डिसेम्बर १५ तारिक सम्ममा सहभागिताको लागि दर्ता गर्नुहोस।
  • त्यस दिन निमन्त्रणा पत्र आदिमा लेखिएको बाटोको अनुसरण गरी तोकिएको स्थानमा प्रबेश गर्नुहोस।
  • पार्किङक उपलब्ध छैन। कृपया सार्वजनिक यातायातको प्रयोग गर्नुहोला।
  • रक्सी जन्य पदार्थ बोकेको वा सेवन गरेको व्यक्तिलाई प्रवेश निषेध गरिनेछ।

सम्पर्क: आजीवन सिकाई विभाग ०२२-२१४-८८८७

वर्षको अन्त्य र नयाँ वर्षको सुरुको दिनमा गरिने नगरको कामकाज 

नगरपालिकाबाट गरिने काम चाँही, डिसेम्बर २९ तारिक (आइतबार) देखि जनवरी ३ तारिक (शुक्रबार) सम्म बिदा रहनेछ। वर्षको अन्त्य र नयाँ वर्ष सुरुको समयमा, वडा कार्यालय आदि ठाउँको काउन्टरहरूमा धेरै भीडभाड हुनेहुँदा, कार्यालय सम्बन्धित केही कामकाजको प्रक्रिया गर्नुपरेमा जतिसक्दो चाँडो गर्नुहुन अनुरोध गर्दछौ।

  • वडा कार्यालय
    विवाह दर्ता, मृत्यु दर्ता आदि पारिवारिक दर्ता को स्वीकृति, दाहसंस्कार अनुमतिपत्र जारी, डिसेम्बर २९ तारिक (आइतबार) देखि जनवरी ३ तारिक (शुक्रबार) मा पनि वडा कार्यालय, सामान्य शाखा कार्यालयको सुरक्षा कोठामा २४ सै घण्टा (आकिऊ सामान्य शाखा कार्यालय चाँही बिहान ८:३० बजे देखि बेलुका ८:०० बजे) सम्म सेवा उपलब्ध हुनेछ।
  • नगरद्वारा संचालित बस र सबवे
    सञ्चालन समय तालिका र काउन्टरको समय परिवर्तन हुनेछ। बिस्तृत जानकारीको लागि यातयात बिभागको होमपेजमा हेर्ने अथवा यातयात बिभागको सूचना केन्द्र(०२२-२२२-२२५६ (डिसेम्बर २९ तारिक (आइतबार) देखि जनवरी ३ तारिक (शुक्रबार) सम्म बिहान ८:३० बजे देखि बेलुका ५ :०० बजेसम्म )मा सम्पर्क गर्नुहोला।
  • ग्यास, खानेपानी
    तल उल्लेखित काउन्टरहरु नयाँ वर्षको अन्त्य र नयाँ वर्ष सुरुको समय २४ सै घण्टा खुल्ला रहनेछ।
  1. ग्यास बिभाग सुरक्षा समिति ०२२-२५६-२१११(ग्याँस चुहावट आदिको लागि काउन्टर)
  2. खानेपानी मर्मत सेवा केन्द्र ०२२-३०४-३२९९(पानीको पाइप फुटेको, पानी चुहावट आदिको लागि काउन्टर)
  • ढल निकास
    ढल निकासको मुख्य पाइप वा सार्वजनिक ढलको च्याम्बर थुनिएमा, सार्वजनिक म्यानहोल वा ढलको पाइप फुटेको आदि अवस्थामा, नगरपालिकाको सुरक्षा कक्ष (०२२-२६१-१११) मा सम्पर्क गर्नुहोस। आफ्नो घरको ढलको उपकरणमा समस्या आएको खण्डमा मर्मत कम्पनिमा सिधै सम्पर्क गर्नुहोस।
  • संस्थाहरु बन्दहुने बारेमा
    खेलकुद संस्था, शैक्षिक संस्था, सांस्कृतिक संस्था आदिको बन्द हुने समयहरु फरकफरक हुनेछ। बिस्तृत विवरणहरूको लागि प्रत्येक संस्थामा सम्पर्क गर्नुहोस।
  • फोहोर संकलन आदि
    फोहोर संकलन गर्ने दिनको पालना गरि, संकलन गर्ने दिनको बिहान सबेरै देखि ८:30 बजे सम्ममा, फोहोर संकलन गर्ने स्थानमा लगेर राखिदिनुहोला।
    सम्पर्क : आफ्नो वार्डको पर्यावरण कार्यालय
    आओबा पर्यावरण कार्यालय ०२२-२७७-५३००
    मियागीनो पर्यावरण कार्यालय ०२२-२३६-५३००
    वाकाबायासी पर्यावरण कार्यालय ०२२-२८९-२०५१
    ताइहाकु पर्यावरण कार्यालय ०२२-२४८-५३००
    इजुमी पर्यावरण कार्यालय ०२२-७७३-५३००

राष्ट्रिय स्वास्थ्य बीमा रकम, जेष्ठनागरिक स्वास्थ्य बीमा रकमको भुक्तानी गर्ने तरिका परिवर्तन गर्न सकिनेछ।

बीमा रकम भुक्तानीको लागि विशेष सङ्कलन विधि (सार्वजनिक पेन्सनबाट कटौती) को प्रयोग गरेका व्यक्तिहरुले, बीमा शुल्कको भुक्तानी गर्ने बिधिलाई बैंकखाता मार्फत ट्रान्सफर हुने प्रणालीमा परिवर्तन गर्न सकिन्छ। परिवर्तनका लागि इच्छुक व्यक्तिहरुले बैंकखाता मार्फत ट्रान्सफर प्रणालीको आवेदन संगै विशेष सङ्कलन रोक्काको लागि आवेदन बुझाउनु पर्दछ। त्यस्तै, विशेष सङ्कलन रोक्का हुने समय, आवेदन बुझाएको समय अनुसार फरक पर्दछ।
सम्पर्क: वडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा र पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य र कल्याण बिभाग

एड्स, सिफिलिस सोही दिन परीक्षण

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रतिको समयमा गरिने परिक्षण…डिसेम्बर २७ तारिक(शुक्र), जनवरी १० तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे /आएर बिल्डिंगको ५ औं तल्ला
  2. बिदाको दिन गरिने परिक्षण… जनवरी ११ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकानआओबा कु मियामाची १-१-५)

परिक्षण क्षमता भने लगभग ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं।
(यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९

नगरपालिकाको सरकारी आवासमा बस्नको लागि आवेदन खुल्ला डिसेम्बर १६ तारिक (सोमबार)सम्म आवेदन बुझिने

  • 「आवास आबेदन खुलेको जानकारी」= डिसेम्बर ६ तारिक (शुक्रबार) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्ला सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिकाको मुख्य सरकारी भवनको दोस्रो तलामा रहेको नगरप्रशासन जानकारी केन्द्र, वडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालय नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्र (आएरु बिल्डिंगको ५ तल्ला ), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्डको केन्द्रीय नागरिक केन्द्र, सेन्दाई सिटि समाज कल्याण परिषद्को प्रत्येक वडा कार्यालयहरु, आजीवन सिकाई विभाग इत्यादिमा वितरण गरिन्छ
  • आवेदन प्रक्रिया : उल्लेखित सूचीबाट एउटा घर छानी,「आवास आबेदन खुलेको जानकारी」मा भएको आवेदन
    फारम भरि यसलाई खाममा हालेर डिसेम्बर १६ तारिक सम्ममा पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
  • घर सर्न मिल्ने दिन =फेब्रुअरी २७ तारिक (बिहिबार) (को योजना)
  • आवेदन दिन मिल्ने व्यक्ति=तलका निम्न मापदण्डहरु पूरा गर्नेहरू
  1. हाल आवासको समस्या भएका
  2. हाल सँगै बस्ने वा सँगै बस्न चाहने आफन्तहरु भएका
  3. यस नगरमा बसाई वा काम भएकोहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आय भएको मापदण्ड पनि हुनेछ। थप जानकारीको लागि「आवास आबेदन खुलेको जानकारी」मा हेर्नुहोला।

आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट घरेलु हिंसाका पीडितहरू, अपराधिक गतिबिधिबाट पीडित भएका व्यक्तिहरुको आवेदनको लागि भने सर्तहरू फरक फरक हुने भएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सरकारी भवन आबेदन बिभाग ०२२-२१४-३६०४

राष्ट्रिय स्वास्थ्य बीमा, जेष्ठनागरिक चिकित्सा सेवा प्रणालीको सूचना
डिसेम्बर २ तारिक (सोमबार) देखि हाल प्रयोग गरिरहेको बीमा कार्ड अब जारी गरिने छैन।

डिसेम्बर २ तारिक (सोमबार) पछि, आधारभूत रुपमा, स्वास्थ्य बीमा कार्ड चाँही माई नम्बर कार्ड (माइना होकेनस्यो) मा परिवर्तन हुने भएको हुँदा, हाल प्रयोग गरिहेको बीमाकार्ड अबदेखि जारी गरिने छैन। डिसेम्बर १ तारिक (आइतबार) सम्म जारी गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्ड पनि साधारणको लागि २०२५ सेप्टेम्बर ३० तारिक (मङ्गलबार) र जेष्ठनागरिक चिकित्सा सेवा प्रणालीको बीमा कार्ड २०२५ जुलाई ३१ तारिक (बिहीबार) सम्म प्रयोग गर्न सकिन्छ।

  • माइना बिमा कार्ड (माइनम्बर सहितको बिमा कार्ड) नभएका व्यक्तिहरुको लागि
    माइना बिमा कार्ड नबनाउनु भएका व्यक्तिहरुको लागि, तपाईं आफैले आवेदन नगरेको भएतापनि, बीमा कार्डको सट्टामा प्रयोग गर्न मिल्ने「योग्यता पुष्टि फारम」म्याद सकिनु (जुलाईको अन्त्य) अगाडी नै जारी गरिनेछ।「योग्यता पुष्टि फारम」लिएर गई चिकित्सा संस्थाको काउन्टरमा देखाई पहिलेको जस्तै बीमा कार्डबाट उपचार प्राप्त गर्न सक्नुहुन्छ।
  • माइना बिमा कार्ड ( माइनम्बर सहितको बिमा कार्ड) भएका व्यक्तिहरुको लागि
    माइना बिमा कार्ड बनाउनु भएका व्यक्तिहरुको लागि, तपाईंको आफ्नो बीमाको जानकारी सजिलैसँग हेर्नको लागि「योग्यता जानकारीको सूचना」म्याद सकिनु (जुलाईको अन्त्य) अगाडी नै जारी गरिनेछ। कार्ड रिडर जडान नभएको चिकित्सा संस्थामा प्रयोग गर्नुपर्ने भएमा, तपाइँले आफ्नो माइना बीमा कार्ड र「योग्यता जानकारीको सूचना」दुवै सँगै देखाएर बीमाबाट कभर हुने चिकित्सा उपचार प्राप्त गर्न सक्नुहुन्छ। यदि, माइना बिमा कार्ड प्रयोग दर्ता रद्द गर्नको लागि आवेदन दिन परेमा, आफु बसोबास गरेको वार्डको वाडा कार्यालय वा सामान्य शाखा कार्यालयमा सम्पर्क गर्नुहोस। 

※जेष्ठनागरिक चिकित्सा सेवा प्रणालीको लागि मात्र, नयाँ सदस्य दर्ता गर्न र ठेगाना परिवर्तन गर्नको लागि भने, जुलाई सम्मको अस्थायी प्रयोगको रूपमा, माइना बीमा कार्ड भएकाहरूलाई पनि योग्यता पुष्टि फारम」जारी गर्नेछौं।
सम्पर्क : वाडा कार्यालय, मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917